बलिउड अभिनेत्री रविना टण्डन यतिबेला आफ्नो नेटफ्लिक्स सिरिज ‘आरण्यक’ को सफलताको उत्सव मनाइरहेकी छिन् । रविनाले यो थ्रिलर ड्रामा सिरिजमा पुलिस अफिसरको भूमिका निभाएकी छिन् । अभिनेत्री चाँडै नै ब्लकबस्टर हिट फिल्म ‘केजीएफ २’ को दोस्रो भागमा देखिने छिन् । यो फिल्मबाट रविनाले कन्नड फिल्म उद्योगमा डेब्यु गर्दैछिन् । यश स्टारर फिल्ममा रविना टण्डन प्रधानमन्त्रीको भूमिकामा देखिनेछिन् ।

फिल्ममा रविना भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिने भनिएको थियो तर त्यस्तो होइन । यसबारे प्रतिक्रिया दिँदै अभिनेत्री स्वयमले बताएकी छिन् । रविनाले भनिन्, फिल्ममा कुनै पनि कुरा इन्दिरा गान्धीसँग सम्बन्धित छैन। न त मेरो क्यारेक्टर हो, न मेरो लुक। न त उनको यो फिल्ममा कुनै सन्दर्भ छ। फिल्म ८० को दशकको कथामा आधारित छ। म फिल्ममा छु, प्रधानमन्त्रीको भूमिका निर्वाह गर्दैछु, त्यसैले उनको नामसँग यो पात्र जोडेका थिए ।

फिल्मको पहिलो भाग ब्लकबस्टर हिट भएको थियो । फ्यानजस्तै रविना पनि यो फिल्मको रिलिजको उत्सुकताका साथ पर्खिरहेकी छिन् । रविना भन्छिन्, ‘अहिले हामी सबै अनौठो अवस्थामा छौं । थिएटरहरू खुलेका थिए र दर्शकहरू पनि थिएटरहरूमा फिल्म हेर्न गईरहेका थिए, तर कोरोनाको नयाँ लहरले फेरि चीज बिगार्यो।म केजिएफ २ को रिलीज को लागी धेरै उत्साहित छु। मैले यसअघि तेलुगु फिल्म ‘पांडावुलु पांडावुलु तुममेडा’ मा काम गरिसकेको छु ।

फिल्ममा विष्णु र मोहनजीसँग काम गरेँ । यो फिल्मको सुटिङमा पनि राम्रो समय बिताएँ । प्रशान्त उत्कृष्ट निर्देशक हुन् । यश एक सज्जन व्यक्ति हुन् जससँग काम गर्दा मलाई साँच्चै आनन्द लाग्यो।फिल्ममा रविना टण्डनका अलावा सञ्जय दत्त पनि भिलेनको भूमिकामा देखिनेछन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार