काठमाडौं । बहुप्रतिक्षित बलिउड चलचित्र ‘पृथ्वीराज’ आगामी जुन १० मा रिलिज हुने भएको छ । ऐतिहासिक कथामा आधारित रहेको बनेको ‘पृथ्वीराज’को मोसन पोस्टर सार्वजनिक गर्दै चलचित्रको नयाँ प्रदर्शन मिति तोकेसँगै यसको थप चर्चा सुरु भएको छ ।

अक्षय र मानुषीका साथै सोनु सुद र सञ्जय दत्तको पनि अभिनय रहेको फिल्मको निर्देशन चन्द्रप्रकाश द्विवेदीले गरेका हुन् । फस्ट लुक सार्वजनिक भएसँगै चर्चा चुलिएको फिल्ममा अक्षय कुमारले सम्राट पृथ्वीराज चौहानको भूमिकामा देखिएका छन् ।

कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसँगै भारतमा सिनेमा हलहरु बन्द भएपछि निर्माणपक्षले अनिश्चितकालका लागि प्रदर्शन स्थगित गरेको चलचिको प्रर्दिशन मिती सार्वजनिक गरिएसँगै अक्षय कुमारका फ्यानहरु उत्साहित भएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार