काठमाडौं । सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि शुक्रबार संसद्मा एमसिसी टेबुल गर्ने प्रस्ताव राखे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसमा समर्थन गरेनन् । उनले संसद्को अवरोध हट्नुपर्ने पुरानै अडान दोहो¥याए ।त्यसमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि साथ दिए । त्यसपछि सत्ता गठबन्धनमा सहमति जुट्न सकेन ।

यसपछि प्रधानमन्त्री देउवा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनको निवासतर्फ गएका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार उनीहरूबीच अहिले वार्ता जारी छ ।देउवा एमसिसी सम्झौताका विषयमा छलफल गर्न बालकोट गएका हुन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार