आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गतको पहिलो खेलमा नेपाल विजयी भएको छ । आज (शुक्रबार) भएको खेलमा नेपालले आयोजक ओमानलाई ३९ रनले पराजित गरेको हो ।

अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनायो । नेपालका लागि आरिफ शेखले ३८ रन बनाए भने सन्दीप लामिछानेले १६ रनमा अविजित रहे । त्यस्तै लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्र सिंह ऐरीले ११ रन जोडे । ओमानका लागि खवार अलीले ३ विकेट लिए भने विलाल खानको भागमा २ विकेट रह्यो । तस्तै फयाज बट, जिसन मक्सुदको नाममा समान १(१ विकेट रह्यो ।

११७ रनको लक्ष्य लिएर मैदान उत्रेको ओमान १७ ओभरमा सबै विकेट गुमाउदै ७८ रनमा समेटियो ।ओमानका लागि नसिम खुसीले २४ रन जोड्नुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । नेपालका लागि कमल सिंह ऐरीले ३ विकेट लिए भने कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीको भागमा समान २-२ विकेट रह्यो । त्यस्तै अविनाश बोहरा र जितेन्द्र मुखियाको नाममा समान १-१ विकेट रह्यो । अब नेपालले दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरेट क्रिकेट ग्राउन्डमा फेब्रुअरी १९ मा खेल्नेछ । यसैगरी नेपालले तेस्रो खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा क्यानाडाविरुद्ध खेल्नेछ ।

त्यस्तै समूह ‘ए’ मा आयरल्याण्ड, युएई, जमर्नी र बहराइन रहेका छन् । समूहका शीर्ष दुई(दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्न पाउनेछन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार