बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘बच्चन पांडे’ को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा अक्षय ग्याङ्गस्टरको भूमिकामा छन् । उनको लुक निकै डरलाग्दो छ । फिल्ममा अक्षय कुमारसँगै कृति सेनन र ज्याकलिन फर्नान्डिज मुख्य भूमिकामा छन् ।

योसँगै फिल्ममा अर्शद वारसी र सञ्जय मिश्रा पनि सरप्राइजको रुपमा बाहिर आएका छन् । दुवैले फिल्ममा कमेडीको रंग जोडेको देखिन्छ । ३ मिनेट ४१ सेकेण्डको ट्रेलर हेरेपछि फिल्ममा कमेडीसँगै धेरै रक्तपात हुने देखिएको छ । फिल्ममा कृति सेनन एक महत्वाकांक्षी निर्देशक माइरा देवेकरको भूमिकामा देखिएकी छिन् । जो ग्याङ्स्टार बच्चन पांडेलाई लिएर बायोपिक फिल्म बनाउने सोचमा छन् ।

फिल्ममा कृतिको पात्रलाई बच्चन पांडेले क्याप्चर गरेका छन् र त्यसपछि कथामा के हुन्छ त्यो भने फिल्म हेरेपछि मात्र थाहा हुनेछ । ‘बच्चन पांडे’लाई फरहाद सामजीले निर्देशन गरेका हुन् । यसअघि अक्षय र फरहादले ‘इन्टरटेनमेन्ट’, ‘हाउसफुल ३’ र ‘हाउसफुल ४’ मा सँगै काम गरिसकेका छन् । साजिद नाडियाडवाला यसको निर्माता हुन्। चलचित्र मार्च १८ मा सिनेमाघरमा रिलिज हुनेछ ।

ट्रेलर –

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार