हल्दिवारी ,९ फाल्गुन । झापाको भद्रपुरबाट प्रकाशित हुँदै आएको बरुण साप्ताहिककी सम्पादक माया पकुवालको सोमबार विहान उपचारको क्रममा निध भएको छ ।

एक साता अघि रुघाखोकी र निमोनिया संक्रमणले सताएपछि उनलाई सुरुमा मेची अस्पताल र त्यसपछि ओमसाई पाथिभरा हस्पिटलमा भर्ना गरिएको थियो । केही वर्ष अघि मृगौलाको सफल प्रत्यारोपण उपचार पश्चात पत्रकार पकुवाल घरमै बसेर पत्रकारितामा कार्यरत थिइन् ।

उनको ओमसाई हस्पिटलमा नियमित डाइलासिस भइरहेको थियो । आइसीयुमा राखेर उपचार भइरहेकै अवस्थामा सोमवार विहान उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार