आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए मा नेपाल तेस्रो भएको छ । आज (बिहीबार) भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ९ विकेटले पराजित गरेको हो ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनायो । ओमानका लागि जेसन मक्सुदले २१ रन बनाए भने अयान खानले १६ रन जोडे । त्यस्तै नसिम खुसी १५ रन बनाई आउट भए भने कालीमुल्हा १४ रनमा अविजित रहे । नेपालका लागि कप्तान सन्दीप लामिछाने ३ विकेट लिए भने सागर ढकाल, आरिफ शेख, कमल सिंह ऐरी, अविनाश बोहराको भागमा समान १-१ विकेट रह्यो ।

८८ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १६.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि कुशल भुर्तेलले अविजित रहँदै ५५ रनको अर्धशतकीय पारी खेले भने आरिफ शेख २१ रनमा अविजित रहे । त्यस्तै आसिफ शेखले १३ रन बनाए । ओमानको लागि जेसन मक्सुदले १ विकेट लिए ।

समूह चरणमा शतप्रतिशत जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको नेपाल सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित भएको थियो भने घरेलु टोली ओमान सेमिफाइनलमा आयरल्याण्डसँग पराजित भएको थियो । सेमिफाइनलमा पराजित भएपछि अष्ट्रेलियामा हुने टी(ट्वान्टी विश्वकपमा पुग्ने नेपालको सपना अधुरै रहेको थियो ।

समूह चरणमा नेपालले पहिलो खेलमा ओमानलाई ३९ रनले र दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले र क्यानडालाई ८ विकेटले हराएको थियो । त्यस्तै विश्वकप छनोटको उपाधिका लागि आजै युएई र आयरल्याण्ड भिडिरहेका छन् । फाइनल पुगेका युएई र आयरल्याण्ड अष्ट्रेलियामा आयोजना हुने विश्वकपका टी-२० विश्वकपको लागि छनोट भएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार