नेपाल रेडक्रस सोसाइटी जलथल उपशाखाको सभापतिमा रेम प्रसाद खरेल निर्वाचित भएका छ ।

निर्वाचन समिति संयोजक तथा रेडक्रस प्रदेश १ कोषाध्यक्ष ओम प्रकाश गौतमका अनुसार खरेलले उनका प्रतिद्वन्दी गङ्गा प्रसाद उप्रेतीलाई ११० मत अन्तरले हराउँदै बिजयी भएका हुन ।खरेलले ३७५ मत ल्याउदा उप्रेतीले २६५ मतमै चित्त बुझाउनु पर्यो ।

त्यस्तै उपसभापतिमा तुलसा देवि आचार्य ,सचीवमा खिबराज भट्टराई ,कोषाध्यक्षमा सुरेन्द्र बाराकोटी ,उपसचिवमा कुमार खतिवडा निर्विरोध निर्वाचित भएको गौतमले जानकारी दिनु भयो ।

त्यस्तै उप कोषाध्यक्षमा भने बालकृष्ण बेडारी ३८० मत ल्याउदै बिजयी भएभने उनका प्रतिद्वन्दी देवि प्रसाद दाहालले २५३ मत ल्याएका थिए ।

निर्वाचन संयोजक गौतमका अनुसार कार्यसमिति सदस्यहरुमा कुशवराज मैनाली ,अग्नि सिवाकोटी ,प्रलाद सेलवाल ,कृष्ण प्रसाद बास्कोटा र भागिरथा दाहाल समेत निर्विरोध निर्वाचित भएका छ्न । दुई बर्षे कार्यकालको लागि भएको निर्वाचनमा ९७८ मतदाता भएकोमा ६६५ मत खसेको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार