हल्दिवारी l नेपाल रेडक्रस सोसाइटीको ४८ औं वार्षिक साधारण सभाको अवसरमा , झापा रेडक्रसका पुर्व सभापति तथा केन्द्रिय सदस्य रेवती रमण नेपालको नाममा स्थापन भएको ” रेवतीरमण नेपाल स्वयंसेवा पुरस्कार “ समाजसेवी झापा गाउँपालिकाका सुन्दर लाल गणेशलाई प्रदान गरिएको छ ।

नेपाल रेडक्रसको विशेषज्ञका रूपमा चिनिनु भएका नेपालको कोभिड – १९ का कारण देहान्त भएको थियोे । हल्दिवारी ४ – निवासी नेपाल परिवारले स्वर्गीय रेवती रमण नेपालको नाममा अक्षयकोष स्थापना गर्न दिएको रु २ लाख रुपैयाँ र रेडक्रसको १ लाखको व्याजबाट प्रत्येक बर्ष समाजसेवामा सक्रिय एक जनालाई नगद २५ हजार सहित संमान गरिने रेडक्रस झापाका सभापति लोकराज ढकालले बताउनु भयो ।

आफ्ना पति तथा पिताको नाममा स्थापना भएको अक्षयकोषमा आगामी बर्ष थप ३ लाख उपलब्ध गराउने स्वर्गीय नेपाल कि छोरी गोमा नेपालले बताउनु भएको छ । पुरस्कृत गणेशलाई कार्यक्रमका प्रमुख अतिथी माननीय कृषि मन्त्री ,प्रदेश १ झलक सिह दर्लामी ,मानवीय भुमि ब्यबस्था तथा सहकारी मन्त्री ओम प्रकाश सरावगी ,स्वर्गीय नेपाल कि धर्मपत्नी वेदकुमारी नेपाल ,छोराछोरी सागरमणी ,गोमा नेपाल लगायत विशिष्ट अतिथिहरुको उपस्थित रहेको थियोे ।

 

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार