बिर्तामोड, फागुन ३० । झापा ११ फुटबल क्लबका फरवार्ड विशाल राई ‘ए’ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । झापा गोल्ड कप आयोजक समितिले झापा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल अघि सोमबार विशाललाई अवार्डबाट सम्मानित गरिएको हो ।

 

त्रिभुवन आर्मी क्लब र झापा ११ बीच झापा गोल्डकपको उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । अवार्डबाट सम्मानित हुनुअघि विशाललाई फाइनल खेल्ने दुवै टोलीका खेलाडीले गार्ड अफ अर्नर दिएका थिए । झापा ११ टोलीमा अहिले पनि रहेका विशाललाई यामाहा कम्पनीको मोटरसाइकल प्रदान गरिएको थियो ।

 

उनलाई झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत, वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले मोटरसाइकलको चाबी प्रदान गरेका थिए ।

विशालले झापा ११ र सिक्किमबीचको खेल यसपटक खेलेका थिए । यसअघि आयोजकले झापा ११ का पूर्वकप्तान प्रवेश कटुवाल र मिडफिल्डर नगेन्द्रमणि लिम्बूलाई पनि लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिसकेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार