हल्दिवारी l  हल्दिवारी गाउँपालिका १ मा रहेको चिल्ड्रेन गार्डेन एकेडेमी कार्यरत एक शिक्षक १३ वर्षीया छात्रालाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका– १० निवासी अन्दाजी ५० वर्षीय श्रीप्रसाद सिवाकोटी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सिवाकोटीले विद्यालय परिसर भित्रै यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेपछि उनलाई घरबाटै पक्राउ गरि जिल्ला प्रहरी कार्यलयमा राखिएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले बताए ।

पीडित बालिकाको परिवारजनबाट किटानी जाहेरी परेपछि मात्र घटनाको विषयमा थप जानकारी गराउने प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार