हल्दिवारी ,१२ चैत । नेपाल रेडक्रस सोसाइटी उपशाखा हल्दिवारीको १८ औं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला सभापति लोकराज ढकालको प्रमुख आतिथ्यता तथा प्रदेश सभा सदस्य माननीय पूर्ण प्रसाद राजवन्सीको बिशिस्ट आतिथ्यमा भएको साधारणसभामा हल्दिवारी १ र २ का चारजना “असल बुहारी “हरुलाई संमान गरिएको थियोे ।

स्थानीय समाजसेवी रेडक्रस आजिवन सदस्य रमेश प्रसाद तिम्सिनाले रेडक्रस मार्फत ” असल बुहारी “ छानी संमान गर्न सहयोग पुर्याउदै आउनु भएको छ । आज सम्मानित हुने हल्दिवारी का ४ असल बुहारीहरुमा तारा राजवन्सी ,मुनादेवी महत ,टिकादेवी उप्रेती र सितादेवी पोख्रेल रहेका छ्न । चार बर्ष अगाडि शुरु गरिएको उक्त संमान कार्यक्रम कोरोनाका कारण हुन सकेको थिएन ।सम्मानित हुनेहरुलाई प्रमुख अतिथी विशिष्ट अतिथी लगायतले नगदसहित दोसल्ला ओडाएर संमान गर्नु भएको थियोे ।

उपशाखा सभापति कर्णाखर प्रसाईको सभापति भएको १८ औं साधारणसभा लाई प्रमुख अतिथि ढकाल , विशिष्ट अतिथी राजवन्सी ,संमान दाता तिम्सिना लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे । सस्थाका उपसभापति लक्ष्मी प्रसाद खनालले स्वागत गर्नु भएको कार्यक्रमको सहजीकरण सस्थाका सचीव हरिकृष्ण अधिकारीले गर्नु भएको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार