गायक निशान भट्टराई र गायिका विष्णु माझीको आवाजमा गीत ‘दिन्थे मुटु झिकी’ सार्वजनिक भएको छ । पवन ओलीको रचना र लय सिर्जना रहेको गीतको भिडियोलाई शिव बिकले कोरीयोग्राफी तथा निर्देशन गरेका हुन् ।

गीतको एरेन्ज आशिस अविरलको रहेको छ । अर्जुन तिवारीले दृश्य कैद गरेको भिडियोमा नायक पल शाह र नायिका एलिजा गौतम फिचर्ड छन् ।

भिडियोलाई मिलन विश्वकर्माले सम्पादन तथा रङ संयोजन गरेका हुन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार