काकडभिट्टा ,०६ बैशाख । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा जारी रसोई झापा सुपर लिग अन्तर्गत आज भएको पहिलो खेलमा भद्रपुर विरुद्ध धुलाबारी १७ रन तथा दोस्रो खेलमा विराट वारियर्स विरुद्ध बोस्टन ब्लास्टर्स २४ रनले विजयी भएको छ ।

काकडभिट्टा माविको खेलमैदान जारी प्रतियोगिताकाे छैटौं तथा आजकाे पहिलो खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको धुलाबारी टाइगर्सले १७.५ ओभरमा अलआउट हुँदै १४० रन बनाएको थियोे । धुलाबारीका लागि राज थापाले सर्वाधिक ३२ रन बनाए भने विवेक बुढाथोकी र डम्बर विष्ट ० रनमा आउट हुन पुगे।

त्यस्तै भुपेस गौतम ८ बलमा १० रन , सुजन थपलिया १६ बलमा ४ रन, शिव राजवंशी ७ बलमा १३ रन, गुलसन झा १४ बलमा २१ रन, कप्तान मुकुन्द यादव १६ मा २९ रन, दिपेश कडेल ७ बलमा १९ रन, प्रवेश कामती ४ बलमा २ रन बनाएर आउट भए भने ज्ञानेन्द्र श्रेष्ठ १ रनमा अविजित रहे। बलिङतर्फ भद्रपुर राइजिङका श्रवण यादवले सानदार बलिङ गर्दै ३.५ ओभरमा १ मेडन ओभर सहित १९ रन खर्चिएर ५ विकेट लिन सफल भए भने आशिक राणा मगर, प्रेम सिंह र सुमिरन राईले समान १-१ विकेट हात पारे।

१४१ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रिएको भद्रपुरले १९.१ ओभरमा १२३ रन बनाउँदै अलआउट हुन पुग्यो । भद्रपुरका लागि मन्जित श्रेष्ठले सर्वाधिक ४४ रन प्रहार गरे भने अन्य ब्याट्सम्यानकाे प्रदर्शन खराब रह्यो । भद्रपुरका लागि रुपक बराल ३ बलमा १ रन, ग्रिसल पौडेल १७ मा १४ रन, मोबिन अलि ४७ मा १४ रन, मेहबुब आलम ३ बलमा १ रन, श्रवण यादब ५ बलमा १३ रन, आशिक राणा १ बलमा १ रन, प्रेम सिंह ५ बलमा ७ रन, सुमिरन राई ५ बलमा ११ रन, शेखर खड्का ० रन मा आउट हुन पुगे भने सुजन घिमिरे ३ बलमा २ रन बनाउँदै नटआउट रहे। बलिङतर्फ धुलाबारीका लागि गुलसन झा र प्रवेश कामतीले समान २-२ विकेट लिए भने मुकुन्द यादव, ज्ञानेन्द्र श्रेष्ठ , राज थापा र दिपेश कडेलले समान १-१ विकेट हात पारे ।

खेलकाे म्यान अफ द म्याच गुल्सन झा घोषित हुँदै उनले नगद रु ३००० प्राप्त गरे। त्यस्तै प्रतियोगिताकाे सातौं तथा आजको दोस्रो खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको बोस्टनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८९ रन बनाउन सफल भयो । बोस्टनका लागि करण केसीले १० छक्का र ३ चौकाकाे मद्दतमा ४१ बलमा ८२ रन बनाए । त्यस्तै विधान गोस्वामी ७ बलमा ९ रन,समीर कार्की २० बलमा ३३ रन, मिनास थापा १७ बलमा ११ रन, दिपु भुजेल ३ मा ४ रन, सिद्वार्थ कुमाल १२ बलमा ६ रन, विवेक चिमाेरिया ५ बलमा ४ रन , राहुल पाठक 0 तथा कप्तान सुरज खड्का ३ बलमा ४ रन बनाउँदै आउट भए भने अर्विन क्षत्री ८ बलमा ७ तथा सुनिल आचार्य ४ बलमा ५ रन बनाउँदै नटआउट रहे। बलिङतर्फ बिराट वारियर्सका लागि सुमित न्यौपाने , विवेक यादव र सिद्धान्त लोहनीले समान २-२ विकेट लिए भने विपिन महतो, अनिस लुइँटेल र अभ्यास तिमिल्सिनाले समान १-१ विकेट हात पारे। १९० रनकाे विशाल लक्ष्य पछ्याउने क्रममा विराट वारियर्सले निर्धारित २० ओभरमा १६५ रनमात्र बनाउन सक्यो ।

विराटका लागि सिवास बजगाईँले सर्वाधिक ३२ तथा अनिल लामिछानेले ३० रन बनाए। त्यस्तै सोनु अन्सारी ८ बलमा १८ रन, कप्तान अंकित सुवेदी ८ बलमा ५ रन, सिद्धान्त लोहनी ८ बलमा १४ रन, विवेक यादव ६ बलमा १९ रन , अनिश लुइँटेल १६ बलमा १६ रन, अर्जुन दाहाल ६ बलमा ५ रन, विपिन महतो १ बलमा ० रन, सुमित न्यौपाने १० बलमा ६ रन तथा अभ्यास तिम्सिना १ बलमा १ रन बनाउँदै नटआउट रहे ।

बलिङतर्फ बोस्टनका लागि विधान गोस्वामी र मिनास थापाले समान ३-३ विकेट लिए भने करण केसी र सिद्वार्थ कुमालले समान १-१ विकेट हात पारे । खेलकाे म्यान अफ द म्याच करण केसी घोषित हुँदै नगद रु ३००० रुपैयाँ हात पारे। प्रतियोगिताको विजेता टोलीले नगद रु २ लाख ११ हजारसहित ट्रफी पाउने छ भने उपविजेता टोलीले नगद रु १ लाख ११ हजार सहित ट्रफी पाउने छ । प्रतियोगिताको बेस्ट बलरले १० हजार, बेस्ट, प्लेयरले १५ हजार, बेस्ट फिल्डरले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले नगद रु. ३ हजार प्राप्त गर्नेछन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार