नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा जिम्बावे‘ए’ विरुद्ध खेल्ने टी–ट्वान्टी र एकदिवसीय सिरिजको खेल तालिका परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार खेल तालिका परिवर्तन भएको जनाएको छ ।

अब नेपाल र जिम्बावे ‘ए’ बीच पहिले टी–ट्वान्टी सिरिज हुनेछ भने एकदिवसीय सिरिज दोस्रोमा हुनेछ । क्यानले टी–ट्वान्टी सिरिजका लागि आज नै टिम घोषणा गर्ने छ । यसअघिको सुरुआतमा एकदिवसीय र त्यसपछि टी–ट्वान्टी हुने तालिका रहेको थियो ।

नेपाल र जिम्बाबे बीचको पहिलो एकदिवसीय आज शनिबार हुने तय थियो । तर, वर्षाको कारण खेल स्थगित भएको थियो । नेपाल र जिम्बावे ‘ए’बीचको पहिलो टी–ट्वान्टी आइतबार हुनेछ । – File Photo

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार