दक्षिण भारतीय चर्चित अभिनेता कमल हसन अभिनीत चलचित्र ‘विक्रम’ ले दुई सय करोड कमाएको छ । पाँच दिनमा विश्वव्यापी रुपमा दुई सय करोड भारतीय रुपैयाँ कमाइ भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुई सय करोड क्लबमा समावेश भएको यो चलचित्रका बारेमा भारतीय बजार विश्लेषक रमेश बालाले ट्वीट गर्दै लेखेका छन्, ‘विक्रमले विश्वव्यापी रुपमा दुई सय करोड कमाएको छ ।’ साथै भारतीय विश्लेषकले यो चलचित्रले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको हुँदा छिट्टै पाँच सय करोड कमाइ गर्ने अनुमान गरेका छन् ।

चलचित्रले समीक्षक तथा दर्शकको राम्रो साथ पाएको छ । अभिनेता हसनको मुख्य भूमिका रहेको यो चलचित्रलाई लोकेश कनागराजले निर्देशन गरेका हुन् । चलचित्रमा हसनसँगै विजय सेतुपति र फहाद फासिलको अभिनय छ ।सौर्य दैनिकमा खबर छ । थ्रिलर जनराको यो चलचित्र हिन्दी, कन्नड, तमिल, मलयालम र तेलुगु भाषामा प्रदर्शन भइरहेको निर्माण पक्षले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार