हल्दिबारी – गत वर्षको डिसेम्बरमा रिलिज भएको अल्लु अर्जुन र रश्मिका मन्डन्नाको फिल्म ‘पुष्पाः द राइज’ले बक्स अफिसमा धमाका मच्चाएको थियो । फिल्म ब्लकबस्टर साबित भयो। फिल्मको कथानकदेखि लिएर फिल्मका पात्रहरू सबैले रुचाएका छन् । चलचित्रको संवाद ‘झुकेगा नही’ ले आज फ्यानहरुको मनमा गढेर बसेको छ । चलचित्र ‘तेरी झलक श्रीवल्ली’, ओ अन्तावा म मा’ र ‘सामी सामी’का गीतहरु हालसम्म इन्स्टाग्राममा शेयर गरिसकेका छन् ।

फिल्मको पहिलो भागमा नै यसको दोस्रो भाग आउने पक्का भएको थियो । योसँगै फ्यानहरु अहिले यो फिल्मको दोस्रो भागको प्रतिक्षामा छन् । साथै, फिल्मको पहिलोभन्दा दोस्रो भागमा बढी एक्सन र ड्रामा देख्न सकिने खबर आएको छ । साथै, फिल्ममा ‘श्रीवल्ली’ अर्थात् रश्मिका मन्डन्नाको भूमिका कम दिइएको खबर पनि आएको थियो । यसै क्रममा फिल्ममा श्रीवल्लीको ह त्या हुने खबर पनि आइरहेको छ । यससँगै फिल्मको स्क्रिप्टमा पनि धेरै परिवर्तन गरिएको बताइएको छ । हाल, यसको पुष्टि भने भएको छैन ।

समाचारलाई विश्वास गर्ने हो भने फिल्ममा प्रहरीको भूमिका निभाएका खलनायक फहाद फासिलले श्रीवल्लीको ह त्या गर्नेछन् । यसका साथै यस फिल्ममा अल्लु अर्जुनको चरित्र निकै रिसाएको देखाइनेछ । यद्यपी यी सबै समाचारका बारेमा फिल्मकर्मीले अहिलेसम्म कुनै जानकारी दिएका छैनन् । यससँगै निर्देशक सुकमारको यो फिल्म जुलाईको अन्त्यमा फ्लोरमा आउने बताइएको छ । यो फिल्मका लागि निर्माताले कुनै कसर छोड्न नचाहेको बताइएको छ । जसका कारण यसको छायांकन र रिलिजमा ढिलाइ भइरहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार