यतिबेला कमेडि जनरामा बनेका नेपाली फिल्महरु चल्न थालेपछि आकर्षण बढेको छ । यसको बाटो भने ‘छक्कापञ्जाले खोलि दिएको हो । अब यहि छक्का पञ्जाको टिमबाट बाहिरिएका ३ जना युवाहरुले नयाँ कमेडी फिल्म निर्माण गर्ने भएका छन् ।

यस फिल्मलाई छक्का पञ्जाको टिममा बसेर काम गरिसकेका जितु नेपाल , सुमन गिरी भाञ्जा तथा ताराचन्द्र बजगाँई निशानले निर्माण गर्न लागिरहेका हुन् ।

फिल्मलाई दिनेश डीसीले निर्देशन गर्नेछन् भने दशैंपछि छायांकन सुरु हुने बताइएको छ । दीपकराज गिरी र दीपाश्री निरौला संगको खटपट पछि जितु आफै फिल्म निर्माणको तयारीमा जुटेका हुन् । फिल्मको पटकथाको अहिले काम भईरहेको छ । पटकथा जितु आफैले लेख्दैछन् । फिल्म लेखनको काम अहिले अन्तिम चरणमा पुगेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार