झापा,भदौ १७ l   झापाको मेचीनगर नगरपालिका वडा नम्बर ९ स्थित थोप्ले विरान सामुदायिक वनमा शुक्रवार (आज) जंगली हात्तीले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।

सामुदायिक वनको भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदैं गरेको मे ७ प २०४६ नम्बरको स्कुटी चालक बुद्धशान्ति गाउँपालिका वडा नं. ५ का कुमार श्रेष्ठकी श्रीमती ३४ बर्षिया सम्झना श्रेष्ठको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको हो ।

जंगलबाट आएको हात्तीले आक्रमण गर्दा घाईते भएकी उनको उपचारको लागि आम्दा अस्पताल धुलाबारी पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको बिषयमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार