हल्दिबारी, भदौ १८ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले एक वर्षभित्रै देशलाई कंगाल बनाएको आरोप लगाएका छन् ।

शनिवार पार्टीले सुनसरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठवन्धनले देशलाई कंगाल बनाएको आरोप लगाएका हुन् ।

अब एमालेले बहुमतको सरकार बनाउनै पर्ने आवश्यक्ता रहेको जिकिर गरेका ओलीले अघिल्लो सरकारले ल्याएका आयोजनाहरू कटौती गरेर गठवन्धनले मुलुकलाई बेहाल बनाएको आरोप लगाए ।

‘मंसिर ४ गते एमालेले बहुमतको सरकार बनाउँदै छ । बनाउनै पर्छ किनकी यो एक वर्षमा गठबन्धन सरकारले मुलुकलाई बेहाल बनाइसकेको छ । त्यस कारण मुलुकको समग्र विकासका लागि एमालेको जित आवश्यक छ’, अध्यक्ष ओलीले भने । अहिले सरकारमा रहेका दल त्यागेर अहिले नेकपा एमाले प्रवेश गर्नेको लहर चलेको ओलीले बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार