हल्दिबारी, भदौ १८ ।  सुनसरीको कोसी गाउँपालिका–१ मा शनिबार दुर्घटनामा परी दुई प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरी सप्तकोसी नगरपालिका–३ का प्रहरी हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश गोजेवार रहेका छन् ।

सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६० प ४४९२ नं को मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को २ च २६४९ नं को पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।

ठक्करबाट चौधरीको घटनास्थलमा र गोजेवारको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरी श्रम तथा रोजगार मन्त्रालय प्रदेश नं. १ मा कार्यरत थिए भने गोजेवार मोरङको धनपतिमा कार्यरत थिए। दुवैको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। ठक्कर दिने सवारीसाधनका चालक कोसी गाउँपालिका–३ का दीपक गोसाईँलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार