हल्दिबारी, भदौ १९।  महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग आज तेस्रो पटक बयान लिँदैछ ।

बयान नसकिएकाले आज पुनः बयान लिन लागेको हो । यसअघि यही भदौ १५ र १६ गते समितिले जबराको बयान लिएको थियो ।

बयानका क्रममा प्रश्न केन्द्रीत छलफल गर्ने सहमति भएको समितिका सदस्य रेखा शर्माले जानकारी दिनुभयो । बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जवाफ जबराले दिनुभएको छ ।जबराले संसद पुन््स्थापनाका क्रममा स्वभाविकभन्दा बाहिरका गतिविधि भएको दाबी गर्दै आउनुभएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार