हल्दिबारी, ४ असाेज । हल्दिबारी कै सवै भन्दा पुरानो नवदुर्गा मन्दिर–पारखोपीमा एक करोड माथी लगनी पछि नयाँ रुप लिदैछ ।

जीर्ण अवस्थामा रहेको उक्त मन्दिर २०७४ साल देखि श्री पर्शुराम बजगाँइको अध्यक्षतामा पुनर स्थापना सुरु भएको थियो र हाल श्री कुमार क्षेत्री (भण्डारी) को अध्यतामा पनि सो कार्य भई रहेको र मन्दिरको निर्माण कार्य अन्तिम अवस्थामा रहेको छ । मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष कुमार क्षेत्री (भण्डारी)का अनुसार २०१६ सालमा भन्दा अगाडी निमार्ण भएको उक्त मन्दिर हल्दिबारी कै इतिहास बोकेको कुरा बताउनु भयो ।

रङ्ग रोकनको कार्य भई रहदा हाल नवदुर्गा मन्दिरको मुहारनै फेरिएको देख्न सकिन्छ ।
तस्वीर ः जनक राजवंशी

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार