एजेन्सी – मोरक्कोसँग २-१ गोलअन्तरले ब्राजिल पराजित भएको छ। पाँचपटकको विश्वकप विजेता ब्राजिल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरक्कोसँग २(१ गोलअन्तरले पराजित भएको हो ।

बिहान भएको खेलमा घरेलु मैदानमा २९ औं मिनेटमा बोउफलले गोल गर्दै मोरक्कोलाई १-० को अग्रता दिलाएका थिए। यसपछि ६७ औं मिनेटमा क्यासमिरोले ब्राजिलको लागि बराबरी गोल फर्काए।

तर ७९ औं मिनेटमा साविरीले गोल गरेपछि मोरक्को ब्राजिललाई पराजित गर्न सफल भएको हो । युवा खेलाडीहरूलाई मौका दिएको ब्राजिलले खेलमा मोरक्कोसँग अप्रत्याशित नतिजा भोग्न बाध्य भयो । यस जितसँगै मोरक्कोले पहिलो पटक ब्राजिलमाथि जित निकाल्न सफल भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार