२५ चैत्र, महोत्तरी । मोटरसाइकल र गाडी एक(आफसमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बर्दिबास स्थित पुर्व(पश्चिम लोकमार्गमा भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा गौशाला नगरपालिका वस्ने ३० बर्षिय मनिष कार्की रहेको प्रहरीले जनाएको छ ।
विपरित दिशावाट आएको प्र।२ ०४(००१ प १३२७ नम्बरको मोटरसाइकल र प्रदेश।३ ०३(००१ ज ०२९७ नम्बरको विङगर गाडी एक(आफसमा ठोकिएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका मनिष कार्कीको सुभस्वस्तिक अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।
विङगर गाडी र सर्लाही हरिवन वस्ने गाडी चालक निरज लामालाइ थप अनुसन्धानको लागी प्रहरीले पक्राउ गरेको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1