हल्दिवारी , ५ बैशाख । एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता आजदेखी सुरू हुदैछ ।

प्रतियोगिताको पहिलो खेल नेपाल र मलेसिया बिच त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ। एसिसी खेलकाे समुह ‘ए’मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन भने समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन । नेपालले पहिलो खेल मलेसियासँग खेल्ने छ भने दोस्रो खेल भने ओमानसँग वैशाख ८ मा खेल्नेछ ।

मुलपानी मैदानमा साउदी अरेबियासँग तेस्रो खेल वैशाख ११ गते खेल्ने नेपाल अन्तिम खेल वैशाख १४ गते कतारसँग खेल्नेछ । एसिसी प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ।

पहिलो पटक मुलपानीस्थित खेल मैदानमा पनि प्रतियोगिता हुन लागेको हो । नेपालले दोस्रो खेल ओमानसँग वैशाख ८ मा त्रिविमा, तेस्रो खेल मुलपानी मैदानमा साउदी अरेबियासँग वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा खेल्नेछ। एसिसी खेलकाे सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार