हल्दिवारी । झापा उद्योग वाणिज्य संघले उद्योग व्यवसाय क्षेत्रको विकास र उद्योगी व्यवसायीको सुरक्षा तथा हकहितको माग गर्दै भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष प्रज्वल राई , महासचिव सुमन्त मैनाली सहितको नेतृत्वमा सोमबार नगरपालिका पुगेको संघका पदाधिकारी–सदस्यहरुको टोलीले नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की र प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको हो । खुला सीमाका कारण खस्कँदै गएको भद्रपुर बजारलाई पुरानै अवस्थामा फर्काउन गर्न सकिने काममा सक्रियता देखाउन आग्हसहित संघले नगरपालिकालाई १२ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा निरन्तर चोरीका घटना भइरहेको भद्रपुर बजारको सुरक्षाका लागि सुरक्षा निकायको उपस्थितिलाई मजबुत बनाउनुपर्ने, भद्रपुर, चन्द्रगढी, ज्ञानेचोक, हिमाली चोक बजारलगायत भद्रपुर ८ मा रहेको हाट–बजार क्षेत्रको स्तरोन्नति तथा ती क्षेत्रमा लाइटिङको समुचित व्यवस्था गर्नुपर्ने, सबै बजारक्षेत्र, मेचीपूल, मुख्य चोक–बजार तथा आर्थिक क्षेत्रहरुमा गुणस्तरीय सिसि क्यामेरा जडान गरी व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिनुपर्नेलगायतका समस्या समाधान गर्न ञापनपत्र बुझाइएको संघका महासचिव मैनालीले बताए

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार