झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ र उज्यालो चारपाने बाल क्लबको आयोजनामा राष्ट्रिय धान दिवस २०८० मनाइएको छ । राष्ट्रिय धान दिवस तथा असार १५ को अवसर पारेर शुक्रबार (आज) बिर्तामोड–२ चारपाने मा पञ्चेबाजासहित धान दिवस मनाईको हो ।

धान रोपाई कार्यक्रममा ६२ वटा बाल क्लबसहित बिद्यालयका प्रधानाध्यापक, शिक्षिक, शिक्षिका, अभिभावक, नगरपालिकाका तथा वडाका जनप्रतिनिधि तथा कर्मचारीलगायत सयौंको संख्यामा सहभागीता रहेको थियो । धान रोपाईसँगै दहीच्युरा खाएर असार १५ समेत मनाइएको थियो । नाचगानसहित धान रोपाई गरिएको थियो ।

बिर्तामोड–२ का वडाध्यक्ष किशोरकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत उज्यालो चारपाने बाल क्लबकी अध्यक्ष एलिना तिम्सिनाले गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाई, बीर अम्बरसिंह माध्यमिक बिद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारी, बिर्तामोड शिक्षा शाखा प्रमुख तीलचन भण्डारी, न्युटन एजुकेशनका प्रधानाध्यापक देबेन्द्र हुमागाई, नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेलले गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार