बनियानी, १६ असोज । झापाको कचनकवल गाउँपालिकामा किसानहरुले लगाएको करिब ८ हजार केराका बोटहरु आइतबार बिहान आएको हावाहुरीका कारण नष्ट भएको छ ।

कचनकवल गाउँ कृषि शाखा प्रमुख संगम सापकोटाका अनुसार २३ किसान परिवारले लगाएको ५० देखी ६० प्रतिशत केराका बोटहरु हावाहुरीका कारण नष्ट भएको स्थलगत रिपोटबाट देखिएको छ । उनका अनुसार किसानले आउँदैगरेको चाडबाडलाई लक्षित गरेर लगाएको केरा पुर्ण रुपले क्षति भएको छ ।

कचनकवल गाउँपालिका वडा नं. ४ का मनोज कुमार गणेशका अनुसार उनको बगानमा लगाइएको १५ सय केराका बोटहरु बाट आम्दानी हुने बेलामा नोक्सानी पुगेको छ । उनि जस्तै सत्यनारायण गणेश, धर्मेन्द्र यादव, जितलाल गणेश र सतलाल गणेश लगायत २३ किसान परिवारले सहकारी तथा बैङ्कको ऋणमा लगाएको केरा क्षती हुँदा उनिहरु घरको न घाटको भएको बताउँछन ।

अहिलेको अवस्थामा उनिहरुको लागत खर्चमात्रै दुइ सय पचास पुगिसकेको छ भने प्रति केराका घरि ४०० देखी ५०० सम्ममा बिक्रि हुदै आएको उनिहरु बताउँछन । किसानहरुका अनुसार करिब ४० लाखको नोक्सानी भएको र स्थानिय सरकार तथा केन्द्र सरकाबाट उनिहरुले राहतको अपेक्षा समेत गरेका छन.। कृषकहरुलाई कृषि बिमा सम्वन्धि जानकारी नहुदा ठुलो नोक्सानी बेहोर्नु परेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
10
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार