कविता : “भूकम्प मनकाे … (मेरो घर भत्कियो)”

स्वागत नेपाल
भूकम्पले के भत्काउँछ र घर ?
केवल माटो झार्छ
इट्टाहरु खसाल्छ
रडहरु भाचिदिन्छ
र, खसाउँछ केवल छानाहरु
भूकम्पले के भत्काउँछ र घर ?

भूकम्प नआए पनि
घर भत्किँदो रहेछ
भूकम्प नआए पनि
मेरो घर भत्किएकै थियो ।
बरु भूकम्पले पो
जोड्न खोजेको थियो
वरपरका खाँबाहरु एकैठाउँ ल्याउन खोजेर

पराकम्पहरु थामिन थालेपछि
मान्छेहरुले घर बनाउन थाले
मैले किन बनाउने ?
मेरो घर भूकम्पले भत्काउन सक्ने थिएन
मेरो घर त भूकम्पभन्दा पहिला नै भत्केको थियो
भूकम्पले फेरि बनाउन सक्ने घरहरु मात्र भत्काएको थियो ।
भूकम्पले के भत्काउँछ र घर ?

मेरो बायोडाटामा
मेरो घर
तिम्रो मनमा हो भनेर लेखेको थिएँ
मेरो प्रमाण पत्रमा
मेरो ठेगाना
तिम्रो दिल हो भनेरै लेखेको थिएँ
तर त्यो घर
भूकम्प नआई भत्कियो
त्यो ठेगान, अर्कै कुनै
कम्पन बिनाको पराकम्पले लच्कियो ।
भूकम्पले के भत्काउँछ र घर ?
केवल माटो, ढुंगा र रडहरुलाई भत्काउँछ

मेरो घर उनको मन
मेरो ठेगाना उनको दिल
खै के ले भत्कायो यो शहर
खै के ले भत्कायो मेरो घर

भूकम्पले के भत्काउँछ र घर ?
केवल माटो झार्छ
इट्टाहरु खसाल्छ
रडहरु भाचिदिन्छ
र, खसाउँछ केवल छानाहरु
भूकम्पले के भत्काउँछ र घर ?

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
3
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार