कविता : “म त मरेको, सरकार हु”

म त मरेको , सरकार हु
म सँग जनताको .. न पुकार छ?
म त लडीबुडी खेल्दैछु , सत्ता सँग
यता जनता बिचमा , हाहाकार छ।।
सत्ताका लागि , गरे समृद्धि
देशमा अशान्ति , र भ्रष्टचार छ।।।
किनकि , म त मरेको सरकार हु।

म सँग अथाह , देशको कर छ,
भ्रष्टको धन थुपार्ने , ठुलो दरबार छ।
मैले के लाई गर्न , खोजेको राजनीति ?
कि म मा सत्ताकै , भुत सवार छ।।
मैले देश हाक्न ,नसकेको हो कि?
जनता सधै गरीबीमा , लाचार छ।।।
किनकि , म त मरेको , सरकार हु।

कोई भुकम्पमा परे , म हेरी बसे
कोई बाढीमा बगे , म कुरी बसे ।
कतै कसैले दिन्छ , भनेर अनुदान ?
फुको पेट , भर्नलाई श्रमदान ।।
यता सत्ताको , ढृकुटी लुकाएर ,
उता जनतालाई , ऋृण बोकाएर ।।।
कि म सत्ताकै , गुणगान गर्दैछु?
किनकि म त , मरेको सरकार हु ।।।।

के नाता छ मेरो , काँग्रेस सँग
के माओवादी , एमाले , कि राप्रपा सँग ।
कि यिनका जुठाभाडा , माझ्ने गर्दछु
भित्र भित्र जनतालाई , भ्रम छर्दछु।।
मैले के गरेछु र , त्यस्तो काम ?
पिडितको , मर्मलाई साटदछु।
राहतमा बाडे , चामल र धान
कि पार्टी कै , टिकट बाडदछु ।।।
किनकि , म त मरेको , सरकार हु।

कचनकवल :- ३, दल्की झापा
हाल :- मलेसिया

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार