विगत तिन दशक देखि अनवरत गुणस्तरिय शिक्ष प्रदान गर्दै आई रहेको झापा हल्दिबारीमा अवस्थित सिग्मा इङ्गलिस स्कुल एक उत्कृष्ट विद्यालयको रुपमा परिचित छ । वि.सं. २०५२ सालमा स्थापना भइ क्रमिक रुपमा बर्षेनी ग्रेड बृद्धि हुदैं वि.सं. २०६२ साल देखी विद्यालयले नियमित एस.एल.सि÷एस इ.इ. परिक्षामा विद्यार्थी सामेल गराउँदैं आएको छ । पहिलो ब्याचको रुपमा वि.सं. २०६३ मा नै विशिष्ट श्रेणी सहित सबै विद्यार्थी प्रथम श्रेणीमा उत्तिर्ण गराउन सफल भएपछि थपिएको हौसला र उत्साहले हरेक बर्ष उत्कृष्ट नतिजा हासिल सहित विद्यालयले आम अभिभावक विद्यार्थीको मन जितेको छ । यसै गरि विद्यालयले समयानुकुल अतिरिक्त क्रिया कलापहरु स्काउट, कराँते, गायन, नृत्य, योगा, संगित सहित खेलकुदका विविध गतिविधिहरु संचालन तथा पुस्तकालयको समेत ब्यवस्थापन गरि विद्यार्थीको सर्वाङ्गीन विकासमा टेवा पु¥याउँदै आएको छ ।

वि.सं.२०७६ सालको एस.इ.इ परिक्षामा झापा जिल्ला टप सहित उत्कृष्ट नतिजा हासिल गरेको, वि.सं. २०७८ को एक रिपोर्टमा कोशी प्रदेशको उत्कृष्ट १० विद्यालयमा पर्न सफल भएको यस विद्यालयको सफलताको रहस्य लामो समयदेखी कार्यरत अनुभवी र दक्ष शिक्षक–शिक्षिका, कुशल ब्यवस्थापन र यहाँ भित्रको टिमवर्क हो भनि बताउनुहुन्छ विद्यालयका प्रिन्सिपल नरेश पराजुली । कोभिड १९ को महामारीको बेला पनि विद्यालयले कुशल र प्रभावकारी रुपमा अनलाईन कक्षा संचालन गरेको स्मरण गर्दै प्राविधिक रुपमा पनि विद्यालय अघि रहेको र विद्यालयका सम्पुर्ण शैशिक गतिविधिहरुलाई कम्प्यूटर एप मार्फत केन्द्रिकृत गरि स्वदेश तथा विदेशमा समेत बस्नु हुने आम अभिभावकले आफ्नो नानिको सम्पुर्ण शैक्षिक गतिविधि अनलाईन मार्फत हेन , बुझ्न सकिने प्रणालीको विकास गरिएको बताइएको छ ।

समाजिक क्षेत्रमा पनि हरेक बर्ष आयोजना गरिने विद्यालयको अभिभावक दिवस तथा बार्षिकोत्सव कार्यक्रमको अबसर पारेर हल्दिबारी क्षेत्रको शैक्षिक उन्नयनमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने ब्यतिmत्वहरुलाई सम्मान गर्दै आएको छ भने भवदेवी स्मृती छात्रबृति कोषबाट छात्रा विधार्थीलाई प्रोत्साहन गर्दै आएको छ ।

शिक्षाको राष्ट्रिय उदेश्य, विद्यालय शिक्षाको तहगत, कक्षागत एवं विषयगत उद्देश्यलाई समाजसंग ब्यवहारिक रुपमा जोड्नका लागि थप विद्यार्थी केन्द्रित– प्रयोगात्मक सिकाईलाई जोड दिने रणनिति रहेको प्रिन्सिपल पराजुली बताउँनु हुन्छ । विद्यार्थीहरुमा स्वास्थ्य प्रतिस्पर्धात्मक भावनाको विकासका लागि विभिन्न निकास तथा संघ संस्थाद्धारा आयोजित कार्यक्रममा विद्यर्थहरुलाई सहभागी गराउने गरेको र त्यस्ता कार्यक्रममा विद्यार्थीहरुले उत्कृष्ट नतिजा सहित सफलता हासिल गर्दै आएको छन् ।

कमजोर पृष्ठभुमिबाट आएका विद्यार्थीलाई समेत बडो मेहनत र गम्भिरताका साथ हौसला र प्रेरण प्रदान गर्दै सफल पार्न सक्ष्म रहेको यस विद्यालयबाट अध्ययन गरि दक्ष जनशक्तिको रुपमा कयौ पुर्व विद्यार्थीलाई स्वदेश तथा विदेशमा कार्यरत रहेका छन् । अझ कतिपय पुर्व बिधार्थीहरु आसपासका विद्यालयहरुमा एक कुशल शिक्षक–शिक्षिकाको रुपमा कार्यत्ररत रहेका छन् जुन विद्यालयको एक गर्व गर्न लायक विषय पनि हो ।

यस सम्वन्धमा प्रिन्सिपल पराजुली भन्छन् “संस्थागत विद्यालयका विद्यार्थीहरु रटन्ते स्वभावका हुन्छन र कम सिर्जनशिल हुन्छन भन्ने कुरालाई हामि अस्विकार गर्दछौं, किनकी विद्यालयले विद्यार्थीहरुलाई कल्पनाका लागि स्वतन्त्रता प्रदान गर्ने गरेको छ र कल्पना र स्वतन्त्रताको संयोजनबाट नै सिर्जनशिलता प्रष्पुटित हुन्छ र विद्यार्थी सिर्जनशिल हुन्छन् भन्नेमा हामि विश्वस्त छौं” ।

उनका अनुसार संस्थागत विद्यालयहरुमा धेरै चुनौती रहेता पनि त्यसलाई अबसरको रुपमा लिने साथै अस्वस्थ्य प्रतिस्पर्धामा आफु पटक्कै विश्वास नगर्ने र आफ्नो प्रतिस्पर्धीको रुपमा अरु विद्यालय नभई स्वयंम आफ्नै विद्यालय रहने र हरेक हिजो भन्दा हरेक आज राम्रो र गुणस्तरिय बनाई हल्दिबारी क्षेत्र र झापा जिल्लकै एक उत्कृष्ट नमुना विद्यालयको रुपमा सदैव कायम राख्ने गरि विद्यालयले कार्य गर्दै आएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
20
+1
10
+1
4
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार