झापा र सुनसरीको दुई स्थानबाट लागुऔषध ब्राउनसुगर ओसारपसारमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सुचनाको आधारमा हिजो दिउँसो सुनसरीको इटहरी उप-महानगरपालिका-१२ क स्थित कोशी लोकमार्गमा बिराटनगरबाट ईटहरीतर्फ जादै गरेको प्रदेश १-०२-००३ ह ९६०७ नम्बरको सिटी सफारीलाई रोकी चेक जाँच गर्दा सिटी चालक भारत बिहार अररिया घर भई हाल बिराटनगर-१७ मा बस्दै आएका मोहमद ईब्रानले फ्लोरेसेन्ट ज्याकेटमा प्लाष्‍टिकमा पोको पारेर लुकाई छिपाई राखेको अवस्थामा २ ग्राम ८ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीको टोलीले कमल गाउँपालिका-५ का ३२ बर्षिय हिक्मत धिमाल, २७ बर्षिय सुदिप धिमाल, २५ बर्षिय न्युसन राई र १८ बर्षिय पिजल धिमललाई २ ग्राम ३०० ग्राम ब्राउनसुगर र नगद २५ हजार सहित नियन्त्रणमा लिएको जनाएको छ । ब्राउनसुरगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार