जलथल क्रिकेट क्लबको आयोजनामा तीन दिवसीय वडा स्तरीय T-10 क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

हल्दीवारी गाउँपालिका भित्रका ८ टिमले भाग लिएको प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार र उपबिजेतालाई नगद ३ हजार पुरस्कार प्रदान गरिएको थियोे ।

आज सम्पन्न फाइनल खेलमा आयोजक वडा नम्बर ३ ( क )९ विकेटले विजयी भएको थियो । वडा नम्बर १ ( ख )ले दिएको ६० रनको तार्गेट ५ ओभरमै पूरा गर्दै जित हासिल गरेको थियोे ।

खेलमा म्यान अफ द सिरिज वडा नम्बर ३ का खेलाडी कृष्ण कार्की भएका थिए भने वेस्ट बलर वडा नम्बर १ का खेलाडी युनेश ढुंगेल र वेस्ट ब्याट्सम्यान वडा नम्बर ३ कै खेलाडी दीपक लिङ्देन भएका थिए ।

रातमाटे सामुदायिक वनको खेल मैदानमा सम्पन्न फाइनल खेलका विजयी टिम तथा खेलाडीहरुलाई वन समितिका अध्यक्ष जनक तामाङ , सचीव दुर्गा बराल ,सदस्य खड्क बिष्ट लगायतले नगदसहित मेडन र ट्रफी प्रदान गर्नु भएको थियो । ✒ पवन गिरी

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
5
+1
0
+1
2
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार