बिर्तामोड बसपार्कका होटलहरु लागू औषधको अखडा बन्दै गएका छन् । होटलहरुमा बेश्यावृत्तिसंगै लागू औषधको प्रयोग र कारोबार हुने गरेको विभिन्न घटनाहरूले देखाएको छ । यसक्रममा ठुलो मात्रामा लागू औषधसहित बिर्तामोड बसपार्कका एक होटेल कामदार पक्राउ परेका छन् । हिजो दिउँसो २ः३० बजेको समयमा अर्जुनधारा नगरपालिका -११ नयाँ बसपार्कस्थित पुरानो माउन्ट मेची होटेल एन्ड लजमा प्रतिबन्धित औषधिहरू बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।

उक्त होटलमा पुगी चेकजाँच गर्दा होटलको काउन्टरमा विभिन्न प्रतिबन्धित औषधिहरू फेला परेको थियो । Tramaco–50 mg ३७५० ट्याब्लेट, Spasan लेखिएको ३,७४३ ट्याब्लेट, PREGSTAR–75 लेखिएको २७७ ट्याब्लेट, GABIX–75 लेखिएको ३०० ट्याब्लेट,  VOMINE–25 लेखिएको १२८ ट्याब्लेट, ANTIKOF लेखिएको ११३ ट्याब्लेट , नेपाली नगद रु.४,६३५ र एक थान कैँची बरामद भएको थियो ।

ती प्रतिबन्धित औषधीसहित मोरङ मिक्लाजुङ गाउँपालिका-१ मा स्थायी घर भई हाल सोही होटलमा काम गरी बस्ने २२ वर्षीय सगुन राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । यसअघि पनि बिर्तामोड बसपार्कका होटलबाट लागू औषधसहित धेरै जना पक्राउ परिसकेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार