“कविता हान्दे!”

नानीका बाले जङ्गल बाट पटका हान्दे
बैंक तथा वित्तीय संस्थाहरु हान्दे
बाटो पुल विकास संरचनामा हान्दे
उधारो जातीय राज्यहरु हान्दे
रुकुम रोल्पा देशको राजधानी हान्दे
बुर्जुवा शिक्षा ठिक छैन भन्दै गफ हान्दे
आफू चाहिँ हुनहार सहिद बनेर
आफ्ना छोराछोरीहरु विदेश पढ्न पठाएर
कुर्सीमा बस्दा ढाड दुखेर होला विचरा
आरामको लागि डेढ लाखको पलङ हान्दे!

बाले पनि केही त हान्नै पर्छ भन्ने लागेर
रत्नपार्कका रेलिङहरु हान्दे
फुइँ हान्दे कोरोनाको सुई हान्दे
ओम्नी हान्दे यति हान्दे उति हान्दे
उखान तुक्का नै हान्दे
जन्मदिनमा नेपालको नक्साको केक हान्दे

नातिले पनि बैंकको ॠण हान्दे
दरबारले पनि मुर्ति हान्दे
नातिले पनि भाषण बाटै फुर्ति हान्दे
पन्चायत र पन्चले पनि भ्याएसम्म हान्दे

टि भि बाट नानीले उत्तेजित भाषण हान्दे
उता नानीले नि गर्भमै घण्टाको रालो हान्दै
अब त केहि होला भनेर जनताले मत हान्दे
नानीले नि भए जति “स” नाउँका सहकारी हान्दे!
छिमेकीहरुले देशको सिमाना हान्दे
जङेग पिलर कालापानी लिपुलेक लिमप्या धुरा हान्दे
पुर्खाले नि पूर्वमा टिष्टा पश्चिम किल्ला कागडा सिमाना हान्दे!

हामीले अर्काको बारीको काक्रा हान्दियौ
अर्काको बारीको घाँस हान्दियौ
सानामा गुच्चा हान्दियौ!
लब्सी ज्यामुनो आँप फर्सी हान्दियौ!

नेताहरुले नि देश बनाउछु भने
हामी जनताले पनि लौत भनेर मत हान्दियौ
नेताले आफ्ना साखा सन्तानलाई पुग्ने गरि हान्दे
तल्ला घरे साइलो खाडीमा गैची बेल्चा हान्दै छ
कोहि युरोप अष्ट्रेलियातिर बर्गर पिजा पपकन हान्दैछन्!
अब हान्नै नपर्ने चाहिँ देशमा संगिनी सुई मात्रै हो
किनकि अबको केहि वर्ष पछि देश खाली हुँदैछ
देशमा कोही सुत्केरी हुने नै छैनन्
त्यसैले संगिनी सुई मात्रै हुनेछ हान्न नपर्ने!

उता खाडीको पसिनाको कार्पेट पर्दा
सारी ऐना गाडी हान्दैछन् हाम्रा नेताहरुले
पुरुषले सुत्केरी खर्च हान्दे!
होलिवाइन मार्सी सुन्तला हान्दे!
उता पुडासैनी ड्राइभर पनि हान्दे
गणतन्त्रमा बोल्न पाइन्न भनेर होला
डाँगीको छातीमा घण्टी बजाउदै गोली हान्दे!
उता बालेनले पनि डोजर हान्दे!

राणा शासन फालेर पन्चायत हान्दे
पन्चायत फालेर लोकतन्त्र हान्दे
लोकतन्त्र भन्दा राम्रो भन्दै गणतन्त्र हान्दे
गणतन्त्रमा सिङ्गो देशलाई
काक्राका चिरा झैँ टुक्राटुक्रा पारेर
देश भित्र प्रदेश बनाएर
राजै राजा च्याउ झैँ उमारेर
देशको ढुकुटी सबै हान्दे!

उद्योगीले किसानको उखु हन्दे
व्यापारीले कर हान्दे
बैंकले गरिबका घर जग्गा हान्दे!

आखिर हान्नै पर्ने रहेछ यो देशमा
चर्को भाषण हान्दे पुग्छ यो देशमा
देश बनाउने योजना केहि चाहिन्न
गडडड ताली हान्छन् आइ लभ यु भन्दै!
माफ पाउ गल्ती भए
त्यसैले मैले पनि एउटा कविता हान्दे!

राज कुमार कार्की
मे न पा-१५, झापा।

धन्यवाद ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार