जलथल । झापामा रगतको अभाव भएपछि हल्दिवारी उधोग बाणिज्य संघको आयोजनामा भोलि मंगलबार बिहान ८ बजेदेखि रक्तदान कार्यक्रम हुने भएको छ ।
हल्दिवारी -३ को ढडुवा बजारमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५० भन्दा बढी रक्तदाताले रक्तदान गर्ने संघका अध्यक्ष सुमन मैनालीले जानकारी बताए ।
हल्दिवारी गाउँपालिकाका ३०० सय भन्दा बढी युवाले बैशाख यता विभिन्न कार्यक्रममा रक्तदान गरि सकेका छ्न ।
संघले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गरि रगतको अभावलाई कम गर्न सहयोग गर्न सबै स्वास्थ युवाहरुलाई अध्यक्ष मैनालीले आह्वान समेत गर्नु भएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1