प्रारम्भिक मत परिणाम अनुसार एमाले समानुपातिकतर्फ एक लाख मत कटाउने पहिलो दल बनेको छ । एमालेले अहिलेसम्म प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ एक लाख एक हजार ६६५ मत पाएको छ ।

दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले अहिलेसम्म ८७ हजार २२५ मत पाएको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४६ हजार ३५२ मत पाएको छ । नेकपा माओवादी केन्द्र ३८ हजार २८८ मतसहित चौथो स्थानमा छ । पाँचौं स्थानमा रहेको राप्रपाले २५ हजार ९९८ मत पाएको छ ।

यस्तै, जसपा नेपालले ८ हजार १३४, जनमत पार्टीले ७ हजार ४६२, नागरिक उन्मुक्ति पार्टीले ५ हजार ४७६ मत पाएको छ । यसैगरी नेपाल मजदुर किसान पार्टीले ५ हजार ४३४, नेकपा एकीकृत समाजवादीले ५ हजार ८३ मत पाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार