दुई वर्षदेखिको कटुतापूर्ण सम्बन्ध अन्त्य गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एकजुट भएका छन् । ओली निवास बालकोटमा प्रचण्डको नेतृत्वमा बहुमतको सरकार बनाउने सहमति भएपछि दुवै अध्यक्षले बालकोटको बार्दलीबाट समर्थक र सञ्चारकर्मीलाई अभिवादन गरेका छन् ।

यसअघि ओली सरकार ढलेपछि उनले बालकोटको बर्दलीबाट अभिवादन गरेको विषयमा कटाक्ष हुने गरेको थियो । प्रचण्डले समेत कैयन पटक आफ्नो भाषणमा ओलीलाई बर्दलीमा पुर्‍याइएको अभिव्यक्ति दिँदै आएका थिए ।

प्रचण्डको नेतृत्वमा बहुमतको सरकार बनाउन ७ दलको समर्थन रहने भएको छ । जसअनुसार माओवादी केन्द्रका प्रचण्डलाई प्रधामन्त्री बनाउन एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहनेछ । ती सबै पार्टीबाट सांसदको संख्या १६६ हुन आउँछ । प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्तिका ४ सांसद छन् ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार