जलथल । हल्दिवारी गाउँपालिका वडा नम्बर ४ बस्ने ६५ बर्षिय क्यान्सर पीडित बिस्णुमाया शेर्पालाई कृष्णसागर अंग्रेजी बिद्यालयले ३० हजार ५५० रुपैयाँ बराबरको सहयोग गरेको छ ।
उक्त विद्यालयमा अध्यनरत छात्र राज राजवंशीको हजुरआमा बिस्णुमाया शेर्पा स्तन क्यान्सरबाट ग्रसित भएकोले उनलाई विद्यालयले नगद ५ हजार सहयोग गर्नुको साथै पीडित शेर्पाको छोरीको छोरा कक्षा ६ मा अध्यनरत राज राजवंशी मावली घरमै बस्ने हुँदा उनको यो बर्षको सम्पुर्ण शुल्क २५,५५० छुट गरेको समेत विद्यालयाका शिक्षक योगेश कार्कीले जानकारी दिएका छ्न ।
कृष्णसागर अंग्रेजी बिद्यालय हल्दिबारी – ४ ले निज विद्यार्थीलाई विद्यालयमा अध्यन गरेसम्म सम्पुर्ण शुल्क मिनाहा गर्दै निशुल्क पठाउने समेत घोषणा गरेको कार्कीले बताउनु भयो ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1