मेरो शरीरको थोपा थोपा रगतले
कसैको थोपा थोपा परेको सास
भर्दै लैजान्छ,र
उसले नया सनसार निहाल्दछ,
ओइलि सकेको रायोको सागले
चिसो पानी पाए झै हुन्छ
थोपा थोपामा नया जीवान भरिन्छ।

मैले दिएको रगतले
कसैले तागत पाउछ
मैले फेरेको सास कसैको धड्कनले फेर्छ,
मैले हासेको हासो
कसैको मुहारमा दौडिन्छ ।

अदृश्य ईश्वरले सान्त्वना देलान
म जीवन दिन सक्छु
र,मैले कसैलाई जीवन दिन सके
म आफू पनि जवान हुन्छु
स्वास्थ हुन्छु,निरोगी हुन्छु।

यत्तिकै बगेर नासिने रगतले
ओइलिएको बोटमा पालुवा पलाएझै
कसैको जीवन पलाउछ ,
मलाई कसैको जीवन
पालुवा भएको हेर्ने मन छ ।

मैले दिएको रगतले
कोहि बाच्छ ,सनसार देख्छ
हो,उसको खुशी देखेर
म अझै धेरै बाच्छु ,
मलाई आफ्नो खुशी भन्दा
अफ्नाको खुशी महान लाग्छ,
मैले रगत दिएर बाच्ने सबै
मेरा आफ्ना हुन,
उनिहरुको जिवनमा
म आफ्नो जीवन देख्छु।

मैले अन्न दान गर्न नसकुला
मैले आर्थिक सहयोग पनि गर्न पनि नसकुला
भोकीको भोक एकैछिन टारुला ,तर
पछि भोक्कै रहला,
मैले जीवन दान गर्न सक्छु
हरेकको दु:खमा खुशी भर्न सक्छु
रगतकै अभावले अब कोहि मर्नु पर्दैन
जिन्दगी देखि हार्नु पर्दैन ,
म हरेकको जिन्दगीमा जित ल्याउछु
हो ,म एक रक्तदाता हु ।….

  • लेखक : रन्जन पौडेल
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार