१३ औं दक्षिण एसियाली खेलकुदको समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत सम्बोधन गर्ने भएका छन् ।

आज  दशरथ रंगशालामा हुने समापन समारोहलाई प्रधानमन्त्री ओलीले नेपाली र अंग्रेजी भाषामा १ घण्टा ३० मिनेट सम्बोधन गर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले जानकारी दिए ।
सिलवालका अनुसार प्रधानमन्त्रीले बुधबार खेलाडीको नाममा सम्बोधन गर्दै विशेष प्याकेज घोषणा गर्नेछन् । उक्त प्याकेज खेलाडीका लागि हालसम्मकै ठूलो प्याकेज हुने सिलवालले बताए ।
समापन समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा र सदस्य सचिव सिलवालले समापन समारोहमा सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओलीले १३ औं सागको उद्घाटन समारोह अस्पतालमा बसेर टिभीमार्फत हेरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार