बिर्तामोड, २५ मंसिर । साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बिर्तामोडको निर्वाचनमा बेहुलाले मतदान गरेका छन् ।

मंगलबार बिर्तामोडमा भईरहेको निर्वाचनमा बिर्तामोड नगरपालिका ६ निवासी सागर अधिकारीले बिहेको दिन बेहुलाको भेषमा आएर मतदान गरेका हुन् ।
मानिसको लागि पानी अपरिहार्य छ त्यसैले मतदान गर्न आए । उनले भने, ‘यो अवसर जुरिहाल्यो भोट किन खेर फाल्ने भनेर बिहेकै दिन भए पनि हतारिदै आए ।’
बुट्टाबारीबाट हल्दिबारी बेहुली लिन हिडेका सागर यस्तो अवसर जो कसैलाई नजुर्ने बताउँछन् ।  साभार : सजिलो खबर 
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार