आचार्य रामचन्द्र

याे विषयमा सशक्त वहश चलाउनु र वास्तविकता देखाउनु नै हाम्राे उद्देश्य हाे ।सर्वप्रथम हामिले २ कुरामा स्पष्ट हुन जरुरी छ।
१-पश्चिमा असभ्य नारीवादि हर्कत र डलर ,गाेराे छालाका दासवादी साेचवारे प्रकाश
२-श्रीमान श्रीमती विचकाे अद्दतिय सम्बन्ध र सनातन संस्कार वारे प्रकाश

वहश र विश्वासका मुलभुत अाधार नै मुख्यत यिनै दुई पक्ष हुन।यसवारे समाजमा कानुनि हिसाव र व्यवहारवाटै कठाेर मुल्यांकन गरिन जरुरी छ।पहिलाे कुरा यस मानव समाजमा विवाहकाे प्रचलन र व्यवस्थित परिवार तथा कुल परम्पराकाे सभ्यता सिकाउने वैदिक सभ्यता हाे।यस परम्पराले वैवाहिक जीवन र दाम्पत्यवारे वैज्ञानिक र वास्तविक विवेचना गर्दछ।त्यसैगरी साे दाम्पत्य धर्म र व्यवहार भित्र नारी पुरूकाे सम्बन्ध कसैकाे परिभाषाकाे दायरा भन्दा व्यापक र अदित्तिय छ।अथवा विवाहित वर वधु विचकाे सम्बन्ध जाे सत्य र धर्मवाट प्रक्षेपित हुन्छ र त्यसैवाट सम्बन्ध र व्यवहार पुलकित र प्रचरण हुन्छ।

त्यसै गरि श्रीमान भनेकाे नारीका लागि शाक्षात भगवान विष्णु स्वरुप र श्रीमतिकालागि पुरुष साक्षात भगवती लक्ष्मीकाे स्वरूप हाे।साेहि परम्परावाट श्रीमान र श्रीमती शव्दकाे व्युत्पन्न भएकाे हाे।त्यसै गरि श्रीमती शब्द विशेषत “जाया” शब्दवाट वल्ल पूर्णता पाउदछ।अथवा जाया र जायात्व नै पुरूकाे अाधार हाे ।सामान्य रुपमा श्रीमान श्रीमती भवानकाे अंश र अवतार हाे।यश हिसावले श्रीमान र श्रीमती विचमा फरक छैन ,हाम्राे दार्शनिक व्यवहारिक पक्ष याे हाे।यस्ताे हैसियत राखेका श्रीमान र श्रीमति विचकाे माया र प्रेम लहरी भगवान शिव पार्वति , विष्णु र लक्ष्मी ,राम र सीताका जीवन चरित्रवाट हामिले सिकेका हुन्छाै।वा हाम्रा दाम्पत्य धर्मका अाधार र सिक्ने अभिभावक वा भगवान दुवै हुन।

त्यसैगरी भगवान श्रीकृष्णले अाफ्नी पत्नीकाे चरण जल लिएका पनि थिए।त्यसैले अाचरणवान श्रीमान र श्रीमती विचमा धर्म व्यवहार मा जल पिउनु सामान्य कुरा हाे।तर हाम्राे समाजमा जाँड पिएर घर भित्र पस्ने श्रीमान जाे कुनै शाश्त्रिय मर्यादालाई पालना गर्न नजानेकाे स्वाठ पतिलाई दिनभरी व्रत वसेकी श्रीमतिले जल खानुकाे अाैचित्य छैन।त्यसैले दुवै जना शास्त्रिय मर्यादामा रहेका छन भने श्रीमतिले श्रीमानकाे खुट्टाकाे जल खानु ठिक हाे किनकि उसका लागि श्रीमान नै भवनान र श्रीमती नै श्रीमानका लागि माेक्षकाे समेत अाधार हाे।

तर अाजकल पश्चिमा दासवादि असभ्य शिक्षाका हिमायति जाे अहिलेकाे मेकिन्ले शिक्षा हाे र विश्वविद्यालयमा अध्यापन गराईन्छ यसवाट पढेलेखेका भनिएका , केही थान प्रमाणपत्र वटुलेका तथापि फ्रायडवादि साेचले ग्रश्त महिलाहरु एवं पश्चिमि समाजमा कथित रुपमा चलिरहेकाे फेमिनिशटका सदस्यहरु र उनिहरुका साेच र पैसालाई स्वर्ग मान्ने रत्तिभर सनातन संस्कारवाट विमुख, पादरी शिक्षावाट नजानिदाे रुपमा ग्रस्त तथापि कथित नारी स्वतन्त्रताका पश्चिमि शिक्षावाट प्रताडित माथि उल्लेखित सनातन शास्त्र मर्यादा चिन्दै नचिनेका भुईफुट्टेहरु तीजकाे व्रत वस्ने र पन्चमि लगाएतका पर्ववारे गलत वुझाई छ।

दास्राे कुरा सनातन चाड पर्व परम्परा र नारी पुरुष दाम्पत्य धर्म नष्ट गर्नै पादरी साेच र प्रणालिले नेपालमा धेरै लगानि गरिरहेका छन।यसैका शिकारहरु वैदिक शिक्षा र व्यवहारमाथि प्रहार गरेका छन।हाे यिनै साेच चिन्तनका भराैटे नारी र पुरुनै सनातन संस्कारका खतरा हुन।जसले अाफुलाई अाधुनिक भन्न रुचाउछ र कथित स्वतन्त्रताका नाममा सनातन संस्कार र महिमा माथि प्रहार गरिरहेका छन।यी अाधुनिक भनिने महिलाहरु नै श्रीमानकाे खुटटाकाे जल पिउनु नाेकर दास वन्नु ठान्दछन र उनिहरुका अादर्श भनेका लियाेनिवाद,पनेरूवाद, त्यसैगरी लामावाद र नेपाली माेडल र नायिका नम्रता श्रेष्ठ जस्ता नेपाली समाजका अाधुनिकतावादि हुन र उनिहरु अाफ्नाे पति श्रिमान साक्षात भगवानलाई अपमान गरि वैदिक सत्य सनातन संस्कार पद्दतिलाई अपमान गरि कथित पैसा र स्वतन्त्रतामा रमाउदछन।

यहि दुई प्रवृत्ति नै वहश र विश्वासकाे कडि हाे।त्यसैले पुर्विय सनातन संस्कारमा दाम्पत्य धर्मले विवेचना गरे वमाेजिमकाे प्रचलन वमाेजिम श्रीमतिले श्रीमानकाे जल खान हुन्छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार