सम्बाददाता इ-टहरी/ कोरोना संक्रमीतको संख्या बढ्दै गएको हु“दा संघीय सरकारले लडकडाउन लम्ब्याउ“दै गएको छ । दुई महिना नाघेपनि खुकुलो बनाउने नीति, कार्यक्रम नल्याउ“दा साना व्यवसायीहरु टाट पल्टिने अवस्थामा पुगेका छन् । संघीय सरकार गम्भिर नभएकाले लकडाउन खुकुलो गर्दै बजार खुला गर्नुपर्ने दबाब स्थानिय सरकार माथी पर्न थालेको छ ।

लकडाउन लाई व्यवसायीहरुले थेग्नै नसक्ने अवस्थामा लकडाउन लाई व्यवस्थित गर्दै बजार खुला गर्न सोमवार धरानमा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी संग सुनसरी उद्योग वाणिज्य संघ सम्बद्ध वस्तुगत संघका प्रतिनिधिहरुले छलफल गरे । संघीय सरकारको लकडाउन स्थानिय तहमा लागु गर्न मेयरको संयोजकत्वमा सुरक्षा निकाय, स्थानिय प्रशासनका अधिकारी सहितको समिति छ ।

मेयर मार्फत समितिले लकडाउन खकुलो बनाउने निर्णय गर्नसक्ने भएकाले छलफल गरिएको हो । छलफलमा लकडाउन खुकुलो बनाउन सम्भावित उपायहरु प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले प्रस्तावका रुपमा प्रस्तुत गरेका थिए । मेयर राईले उद्योग वाणिज्य संघको सहभागीतामा सुरक्षाका मापदण्ड सहितको लकडाउन खुकुलो गर्ने उपायहरु तयार गर्न कार्यदल आवश्यकता अनुसार लागुगर्न सकिने बताएका छन् ।

बजार खुलागर्ने संघको प्रस्तावित उपायहरुमा बजारमा १४ देखि ५९ वर्षका स्वस्थ्य व्यक्ति मात्र प्रवेश पाउनु पर्ने, बजारका पसललाई २ वर्गीकरण गरिनुपर्ने उल्लेख गरिएको छ । बजार ३ तहमा वर्गिकरण गर्दै बिग्रने सामान बिक्री गर्न पसल बिहान ६ देखि ९ बजेसम्म र अन्य वस्तुको पसल दिउ“सो ११ देखि ४ बजेसम्म खोलिनु खुला गर्न उपयुक्त हुने उल्लेख छ । सवारीको हकमा मोटरसाईकल जोर बिजोर नम्बरमा सञ्चालन गर्न सुझाव दिइएको छ । प्रस्तावमा धरान बजार प्रवेश गर्ने नाकाहरुमा सुरक्षा चेकपोष्ट स्थापना गर्न जरुरी भएको लगायतका बुंदाहरु उल्लेख छन् ।

संघीय सरकार लाई यसअघि उच्च स्तरिय परामर्श समिति मार्फत सरकारको कोरोना संक्रमण रोकथाम संयन्त्रले मुलुकलाई कोरोना जोखिम क्षेत्रको आधारमा ३ तह रेडजोन, ग्रीनजोन, यल्लोजोन र ब्ल्याक एरियामा वर्गिकरण गरी लकडाउन खुकुलो बनाउन सुझाव दिएको थियो । उक्त सुझाव लाई सरकारले स्विकार नगरेपछि अहिले कहा“, कस्तो र कसरी लकडाउन खुकुलो बनाउने भन्ने दवाव स्थानिय सरकार माथी पर्न गएको हो ।

धरानमा लकडाउन खुकुलो बनाउन उद्योग वाणिज्य संघले उपमहानगरालिका समक्ष प्रस्तुत प्रस्ताव दबाबको एउटा उदाहरण बनेको छ । संघका अध्यक्ष गिरिधारी सापकोटमो सभापतित्वमा भएको छलफलमा उपमेयर मञ्जु भण्डारीले व्यवसायी र स्थानीय सरकारको सम्बन्ध नङ र मासुको जस्तो भएको बताउ“दै पसल खुला गर्न कसैलाई काखा पाखा नगरिएको तर सामाजिक दूरी र सुरक्षा व्यवस्था प्रति भने गम्भिरता पूर्वका जिम्मेवार हुनुपर्नेमा जोड दिइन् ।

संघका सदस्य विष्णु बरालले व्यवसायीका पसलको घरभाडा छुट गराउन घरवालाहरुका प्रतिनिधि सहभागी गराई छलफल गरिनुपर्ने आवश्यकता भएको बताए । उनले उपमहानगरपालिकाले कुनै ४ वटा वडा नमूना बनाई बजार खुला गरिए देशभरका लागि नमूना बन्ने दाबी गरे । सौन्दर्यकला सचिव नेबिका शाहीले ब्यूटिसियन स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने भएकोले स्थानीय सरकारले पीपीई उपलब्ध गराउनु पर्ने माग गरिन् । सुनचा“दी व्यवसायी अध्यक्ष किसन मास्केले सुनाचा“दीको व्यवसाय अब १ वर्षसम्म नचल्ने सम्भावना भएकोले व्यवसायीलाई सरसफाई र व्यवसाय कर छुट गरिनुपर्ने माग गरे । संघका सदस्य नविनराज भण्डारीले उपमहानगरपालिकाको स्वामित्वमा रहेका खाली जग्गामा टहरा निर्माण गरि बजार सञ्चालन गर्दा नगरपालिकाले आम्दानीको श्रोत बन्ने सुझाव दिए ।

महासचिव राजेश अग्रवालले सञ्चालन गरेको छलफलमा संयुक्त व्यापार एकताका अध्यक्ष्ँ रामकुमार दास, मदिरा व्यवसायी संघ अध्यक्ष नवीन तामाङ, संयुक्त ग्रील उद्योग व्यवसायीका अध्यक्ष राजकुमार राई, होटल व्यवसायी समिति सचिव वासुदेव बराल, डिलर तथा थोक व्यवसायी अध्यक्ष माणिक सुराना, होटल एशोसिएशन अध्यक्ष सरोज भट्टराई, वस्तुगत समन्वय समिति संयोजक रामस्वरुप शर्मा लगायतले बजार खोलिनुपर्नेमा जोड दिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार