प्रधानमन्त्री केपी ओली राष्ट्रपतिलाई भेटन शीतल निवास पुगेका छन्। सर्वोच्च अदालतको फैसलाका कारण राजनीतिक पराजय भोगेका ओलीको राष्ट्रपतिसँगको यो पहिलो भेट हो। ओली साँझ ७ बजे शीतल निवास भेटका लागि पुगेका हुन।

सर्वोच्चले संसद् पुर्नस्थापना गरेपछि चौतर्फी रुपमा राजीनामा मागिएको बेलामा प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सर्वोच्चको आदेश अनुसार फाल्गुन २४ गतेभित्र संसद बैठक बोलाउनु पर्ने बाध्‍यतामा ओली छन् । उनको सामू राजीनामा या संसदको फेस गर्ने दुई शर्तमात्र बाँकी छन् । आफ्नै समूहका नेताहरुले पनि राजीनामा दिन सुझाएको बेलामा ओली शितलनिबास पुग्दा कतै उनले राजीनामा त बुझएनन् भन्ने चर्चा शुरु भएको छ । यसबारे राष्ट्रपति कार्यलयले आधिकारिक जानकारी दिएको भने छैन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार