काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । पोखरेलले ६ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्धन्द्धि प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माले ३ हजार ९ सय १५ मत प्राप्त गरेकी छिन् ।

अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र बुढाथोकीले ६९१ मत प्राप्त गरेका छन् । शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी भएको हो ।

त्यसैगरी पोख्रेल प्यानलबाटै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम निर्वाचित भएका छन् ।

त्यसैगरी महासचिवमा रोशन पुरी, खुला सचिवमा गोविन्द्रप्रसाद चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचित भएका छन् ।

सचिव मधेसीतर्फ दीपेन्द्र चौहान, सचिव दलिततर्फ हेमकर्ण विक, सचिव एशोसिएट पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् । उनीहरु सबै पोखरेल समूहका हुन् ।

यस्तै लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने, सदस्यहरुमा सरिता तिम्सिना (खस आर्य), सञ्चकुमारी लामा तामाङ (आदिवासी जनजाति महिला), ललिताकुमारी साह(मधेसी), शान्ति आङबुहाङ (आदिवासी जनजाति),सरिता बराइली (महिला–दलित), भीषण राई (आदिवासी जनजाति) लगायत निर्वाचित भएका छन् । महासंघले पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट नयाँ नेतृत्व चयन गरेको छ ।

महासंघको चुनावमा पोखरेलको उम्मेदवारी नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस सङ्गठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चोतारी सहित ११ सङ्गठनको तर्फबाट रहेको थियो ।

कसको मत कति ? पद उम्मेदवार गठबन्धन मत परिणम
अध्यक्ष

विपुल पोखरेल युनियन-संगठनसहित ११ संघ ६९४२ विजयी
निर्मला शर्मा चौतारी – ३९१५
गजेन्द्र बुढाथोकी- ४९१
रामप्रसाद दाहाल -१५६

वरिष्ठउपाध्यक्ष

रमेश विष्ट युनियन-संगठनसहित ११ संघ ६७४१ विजयी
चौतारी- ३७८१
रामजी दाहाल-६०५

उपाध्यक्ष-महिला

बाला अधिकारी युनियन-संगठनसहित ११ संघ ७२२६ विजयी
दाना के.सी चौतारी- ३५२८
उपाध्यक्ष-समावेशी

उदय जीएम युनियन-संगठनसहित ११ संघ ६११७ विजयी
अवधेश झा चौतारी – ३५६१
मोहनकुमार सिंह -९८१
महासचिव

रोशन पुरी युनियन-संगठनसहित ११ संघ ६२४२ विजयी
बालकृष्ण बस्नेत चौतारी – ३८६०
सुबोध गौतम -८९९
सचिव खुला

गोविन्द चौलागाई युनियन-संगठनसहित ११ संघ ६१७१ विजयी
रामकृष्ण ज्ञवाली चौतारी – ३०२१
जन्मदेव जैसी- ११२७
यम विरही -७५७
सचिव-महिला

सृजना अर्याल युनियन-संगठनसहित ११ संघ ६५८० विजयी
निमा काफ्ले चौतारी – ४०८९

सचिव (आदिवासी जनजाति)

नारायण सुन्दर किलम्बु युनियन-संगठनसहित ११ संघ ६३०० विजयी
रामकुमार श्रेष्ठ चौतारी – १११३
शाहीमान राई- ३२८९

चिव -मधेशी

दीपेन्द्र चौहान युनियन-संगठनसहित ११ संघ ५६९६ विजयी
स्वेता सिन्हा चौतारी- ४४६१
देवकुमार यादव -६४७

सचिव-दलित

हेमकर्ण वि.क युनियन-संगठनसहित ११ संघ ५९५८ विजयी
मधु शाही चौतारी -४६४६

सचिव -एसोसिएट

पवन आचार्य युनियन-संगठनसहित ११ संघ ५७३५ विजयी
रामेश्वर कार्की चौतारी – २८००
केशवराज खनाल -५८०
राधेश्याम दाहाल -३४९
विजय देवकोटा -२५७

कोषाध्यक्ष

कलेन्द्र सेजुवाल युनियन(संगठनसहित ११ संघ ५६७८ विजयी
कृष्ण गिरी चौतारी -३२७८
माधव दुलाल -१००८
प्रकाश थापा- ६१८
लेखा समिति संयोजक लेखनाथ न्यौपाने युनियन-संगठनसहित ११ संघ ५६८८ विजयी
द्धारिका काफ्ले चौतारी – ३१९१
लक्ष्मण कार्की -१७१४

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार