काठमाडौं, ७ कार्तिक ।  तास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट प्रहरीले ३४ जनालाई पक्राउ गरेको छ । दाङ, तुलसीपुर उपमहानगरपालिका(८ दुधेना बस्ने दिनेश केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका(८ बस्ने ४० वर्षीय शुनिल काफ्ले लगायत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६८ हजार रुपैयाँ र ५ गड्डी तास सहित पक्राउ गरेको हो ।

यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका(९ दोघरे बस्ने सबिता थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका(५ बस्ने ४१ वर्षीय नन्द लाल चौधरी लगायत १२ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७० हजार ९ सय ३० रुपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो ।

त्यस्तै झापा, शिवसताक्षी नगरपालिका(९ बस्ने जितेन्द्र शाक्यको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय अग्नि राई लगायत ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७३ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार