• बिर्तामोडको मुक्तिचोकदेखि दक्षिण गरामनीसम्म ४ लेन भएको ४ किलोमिटर सडक बनेको छ । यो जिल्लाकै पहिलो ४ लेनको सडक हो । बिर्तामोड–भद्रपुर सडकको १७ किलोमिटरमध्ये पहिलो खण्डमा ४ किमी बनेको हो ।
दोस्रो चरणमा गरामनीदेखि जिल्लाको सदरमुकाम चन्द्रगढीसम्म ८.४१ किमी सडकलाई ४ लेन बनाउने निर्माणको ठेक्का लागिसकेको छ । सो सडक आगामी वर्षभित्र निमार्ण सम्पन्न भइसक्ने सडक विभागको भनाइ छ ।
बिर्तामोडदेखि गरामनीसम्मको ४ लेन सडक ३१ करोड १३ लाख रुपैयाँको ठेक्कामा ललितपुरको श्री आशिष र प्रेरा जेभीले निर्माण गरेको थियो । विसं २०७५ असार २४ गते निर्माण व्यवसायी कम्पनीले ठेक्का सम्झौता गरे तापनि तोकिएको १४ महिनामा निर्माण कार्य सम्पन्न हुन सकेन ।
कोभिड–१९ को महामारीका कारण बेलैमा काम हुन नसक्दा निर्माणमा ढिलाइ भएको कम्पनीले कारण देखाएपछि डिभिजन सडक कार्यालयले तीनपटक म्याद थपेको थियो
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार