हल्दिवारी ,१९ मङ्सिर । १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा हल्दिवारी गाउँपालिकामा कार्यरत ८ महिला स्वयंसेविकालाई दीर्घसेवा सम्मानबाट सम्मानित गर्दै बिदाई गरिएको छ ।
उनिहरुलाई नगद ,संमान पत्र र दोसल्ला ओडाएर संमान गरिएको थियोे । कार्यअवधिको आधारमा ५५ हजार देखि १ लाख २० हजार सम्मको नगद सहित उनिहरुलाई बिदाई गरिएको थियो।
नेपालमै हल्दिवारी गाउँपालिकाले लामो समय सेवा गरेका कर्मचारी ,शिक्षक ,स्वयंसेविकालाई कार्यअवधिको आधारमा नगद सहित संमान गर्दै आएको छ ।
हल्दिवारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालको प्रमुख आतिथ्यतामा भएको संमान कार्यक्रमलाई प्रमुख अतिथि दाहाल ,वडा नम्बर १ का अध्यक्ष त्रिलोचन सापकोटा ,४ का वडा अध्यक्ष होम प्रसाद चुडाल ,कार्यपालिका सदस्य गितादेवी तिम्सिना ,सरिता नेउपाने ,मातृका देवि भट्टराई ,वडासद्स्य खकेन राजवन्सी , तारादेवी ढकाल ,कुमारी बिस्वकर्मा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
महिला स्वयंसेविका सारादा कन्दवाको सभापतित्वमा भएको संमान कार्यक्रमलाई स्वास्थ शाखा प्रमुख पुष्कर निरौलाले स्वागत गर्नु भएको थियोे भने कार्यक्रमको सहजीकरण गाउँपालिका सूचना अधिकारी राजन नेउपानेले गर्नु भएको थियो ।
को को ? महिला स्वयंसेविका लाई आज नगदसहित संमान गर्दै बिदाई गरिएको छ ।हेर्नुस् बिवरण सहित 
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार